देश/प्रदेश

भाटभटेनी जोगाउने सुरक्षागार्डलाई सम्मान

Banner

काठमाडौं, चैत २०-

कोटेश्वरस्थित भाटभटेनीलाई लुटपाट र तोडफोडबाट जोगाउने सुरक्षागार्डलाई सम्मान गरिएको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले आज (बुधबार) सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई सम्मान गरेका हुन् ।

सुरक्षागार्ड पराजुलीलाई सञ्चालक मीनबहादुरले पाँच लाख एक हजार १११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेका हुन् । उनको पाँच ग्रेड बढुवा पनि गरिएको छ ।

चैत १५ गते कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट गर्न गएका समूहलाई सुरक्षागार्ड पराजुलीसहिको टोलीले प्रतिकार गरेको थियो । सुरक्षागार्डले लाठीचार्ज गरेको भिडियो फुटेज बाहिरिएपछि उनीहरूको प्रशंसा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>