देश/प्रदेश

चितवनबाट ठोरी हुँदै प्रसाईं भारत पसेको हल्ला मात्रै होः पर्सा प्रहरी उपरीक्षक

Banner

काठमाडौं, चैत १८

काठमाडौंमा हिंसात्मक प्रदर्शन मच्चाएर भागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं ठोरी नाका हुदैं भारत पसेको हल्ला मात्रै भएको पर्सा प्रहरीले बताएको छ । पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले प्रहरीले खोजी गरिरहेका प्रसाईं पर्साको ठोरी नाका भएर भारत पसेको बारे आँफुहरुलाई जानकारी नभएको बताएका हुन् ।

उनले भने,‘ त्यो खबरमा सत्यता छैन । पर्साका हरेक नाकामा प्रहरीले निगरानी गरिरहेको छ । ठोरी वा कुनै नाका भएर प्रसाईं भारत छिर्नसक्ने सम्भावना नै छैन ।

तर, यसअघि व्यवसायी दुर्गा प्रसाईं भारत पुगेको प्रहरी श्रोतले जनाएको थियो । एक उच्च प्रहरी अधिकारीले प्रसाईं चितवनको माडी हुदैं पर्साको ठोरी नाका भएर भारत पुगेको बताएका थिए । काठमाडौंको तीनकुने क्षेत्रमा चैत १५ गते प्रसाईंले ‘कमान्ड’ गरेको प्रदर्शन अराजक बनेपछि उनले काठमाडौं छाडेको ती प्रहरी अधिकारीले जानकारी दिए । प्रदर्शन उत्तेजित बनाएको र आन्दोलनका ‘कमान्डर’ समेत रहेकाले प्रसाईंलाई पक्राउ गर्ने सरकारी तयारीबीच उनी काठमाडौं छाडेर भारत हानिएको प्रहरीको भनाइ छ । प्रदर्शन हिंसात्मक बनेलगत्तै उनी ललितपुरको इमाडोलस्थित आफ्ना गुरु पुस्कर खतिवडाको घर पुगेका दुर्गा प्रसाईं चितवनको माडी हुदैँ ठोरी नाका भएर भारत गएको प्रहरीले दाबी गरेका थिए । यस्तै अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले उनी भारत पुगेको केही महत्त्वपूर्ण प्रमाण समेत फेला पारेको बताउका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>