Breaking News
उद्योगमा १२ घण्टासम्म लोडसेडिङ हुने
०

काठमाडौँ, चैत १-
१५ मार्च अर्थात् भोलि शनिबारदेखि भारतबाट दिउँसोमात्र विद्युत् आयात हुने भएपछि उद्योगहरूमा १२ घण्टासम्म लोडसेडिङ हुने भएको छ ।
हाल नेपालले भारतबाट पिक आवर बाहेकक समयमा विद्युत् आयात गरिरहेको छ । अर्थात्, साँझ ६ देखि १० बजेसम्म बाहेक २० घण्टा विद्युत् आयात भइरहेको छ । त्यसरी आयात हुने विद्युत्ले नेपालको उत्पादनले नपुग्ने माग धान्न सहयोग गरेको छ । त्यति हुँदा पनि उद्योगमा दैनिक ८ घण्टासम्म लोडसेडिङ भइरहेको छ ।
१५ मार्चदेखि भने सन आवर अर्थात बिहान ६ देखि बेलुका ६ बजेसम्म १२ घण्टा मात्रै भारतबाट विद्युत् आयात हुने भएको छ । यसले उद्योगहरूमा भइरहेको लोडसेडिङ बढेर कम्तीमा पनि १२ घण्टा पुग्ने करिब निश्चित भएको विद्युत प्राधिकरणले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























