Breaking News

इनाम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसहित चार जनामाथि कारबाही गर्न जेनजी मुभमेन्टको माग

०
Banner

काठमाडौं, कात्तिक ३० –

जेनजी मुभमेन्ट नेपालले इनाम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन (कुमार व्यञ्जनकार) सहित संलग्न सबैमाथि तत्काल कारबाही गर्न माग गरेको छ ।

आइतबार जारी प्रेस विज्ञप्तिमा मुभमेन्टले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रधानमन्त्री कार्यालयका विशाला अधिकारी, गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र प्रधानमन्त्रीका सूचना प्रविधि परामर्शदाता चिराग श्रेष्ठमाथि निष्पक्ष अनुसन्धान गर्न माग गरेको हो ।

विज्ञप्तिमा इनाम सापकोटाको मोबाइल दुई दिनसम्म नियन्त्रणमा राखिएको र प्रधानमन्त्री कार्यालयका सरकारी मामिला तथा योजना समन्वय संयोजक विशाल अधिकारीले प्रहरी परिसरमै पुगेर अनुसन्धानबाट सोधखोज गरेको विषय गम्भीर र संवेदनशील रहेको उल्लेख गरिएको छ ।

त्यस्तै, प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा प्रहरी नियन्त्रणमा रहेका अभियुक्तको मोबाइल कसरी पुग्यो, कसको आदेशमा पुग्यो र त्यसमा कसले पहुँच राख्यो भन्ने प्रश्नको जवाफ प्रधानमन्त्री तथा गृहमन्त्रीले दिनुपर्ने मुभमेन्टको माग छ ।

मोबाइलमा रहेका डिजिटल प्रमाण मेटिएको, थपिएको वा परिवर्तन गरिएको हो कि होइन भन्ने विषयमा स्वतन्त्र फरेन्सिक छानबिन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । प्रमाण नष्ट गर्ने, झुटा प्रमाण सिर्जना गर्ने वा अनुसन्धान प्रभावित पार्ने कार्य पुष्टि भए संलग्न सबैलाई तत्काल पक्राउ गरी कानुनी अभियोजन अघि बढाउन पनि माग गरिएको छ ।

मुभमेन्टले घटनामा संलग्न भनिएका प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, प्रधानमन्त्री कार्यालयका विशाल अधिकारी, गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र सूचना प्रविधि परामर्शदाता चिराग श्रेष्ठलाई तत्काल पदबाट हटाई पक्राउ गरेर निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न माग गरेको छ ।

विज्ञप्तिमा राज्यको अनुसन्धान संयन्त्रमाथि राजनीतिक कब्जा जमाउने र न्यायिक प्रक्रियालाई प्रभावित पार्ने कार्य गम्भीर अपराध हुने भन्दै घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>