Breaking News

युगान्डामा नेपालको तेस्रो हार

Banner

काठमाडौं, फागुन २८-

युगान्डामा जारी वुमन्स डे टी–२० कपमा नेपाली टिमले तेस्रो हार बेहोरेको छ । प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा नेपालले नामिबियासँग २३ रनको हार बेहोरेको हो ।

खेलमा नामिबियाले प्रस्तुत गरेको १२६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि पाँच विकेट गुमाएर १०२ रनमात्र बनाउन सक्यो ।

नेपालबाट साना प्रविनले सर्वाधिक ३१ रन बनाइन् । कविता जोशीले १७ रन थप्दा पूजा महतो र कप्तान इन्दु वर्माले समान १५ रन जोडिन् ।

नामिबियाकी एभेलिन केजारुकुयाले दुई विकेट लिइन् । विल्का एमवाटिल, साइमा तुहादेलेनी र मेकेलया एमवाटिलले समान एक विकेट लिइन् ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नामिबियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १२५ रनको योगफल खडा गरेको थियो ।

यसअघि, नामिबियासँगको पहिलो भेटमा पनि नेपाल ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा घरेलु टोली युगान्डलाई एक विकेटले हराएको नेपालले तेस्रो खेलमा हङकङसँग दुई रनको हार बेहोरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>