Breaking News
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः म्यानमारलाई हराएर इतिहास रच्ने दाउमा नेपाल
०

काठमाडौं,फागुन १४-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधिका आज (बुधबार) घरेलु टोली नेपाल र म्यानमार भिड्दैछन् । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।
मङ्गलबार भएको प्रि–म्याच कन्फरेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफूहरू उपाधि जित्नेमा ढुक्क रहेको बताएका थिए । प्रतियोगितामा नेपाल र म्यानमारसँगै लेबनान र किर्गिस्तानले पनि सहभागिता जनाएका थिए । फाइनलमा पुगेका दुवै टोलीले लिग चरणमा लेबनान र कीर्तिस्तानलाई हराएका थिए । नेपाल र म्यानमारबीचको खेल भने बराबरीमा सकिएको थियो ।
नेपालले हालसम्म म्यानमारलाई हराउन सकेको छैन । यसअघि यी टोलीबीच तीन पटक भेट भएको छ । जसमा म्यानमारले दुई खेल जित्दा एक खेल भने बराबरीममा सकिएको छ । यसर्थ नेपाल आज घरेलु मैदानमा हराएर इतिहास रच्ने दाउमा छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























