Breaking News

घट्यो अण्डाको मूल्य

Banner

काठमाडौं, फागुन ८-

भोलि (शुक्रबार) बाट लागु हुने गरी अण्डाको मूल्य घट्ने भएको छ। नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार भोलिबाट लागु हुने गरी अण्डाको मूल्य घटाउने निर्णय भएको हो ।

आज बैठक बसेर भोलिबाट लागुहुनेगरी अण्डाको मूल्य न्यूनतम प्रतिक्रेट ३० रूपैयाँदेखि अधिकतम ३५ रूपैयाँका दरले घटाइएको उनले बताए। मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ पर्ने छ। यसअघि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ थियो। यो किसानले पाउने मूल्य हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>