कृषि
रायोको सागको भाउ घट्यो, प्रतिकिलो ८ रूपैयाँमै पाइने
०

काठमाडौं, माघ १७-
बजारमा रायोको सागको भाउ घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार यस्तो देखिएको हो।
बिहीबार कालीमाटी बजारमा रायोको साग प्रतिकिलो थोक मूल्य ८ रूपैयाँ छ। बुधबारको तुलनामा यो प्रतिकिलो २ रूपैयाँ सस्तो हो। बिहीबार कालीमाटी बजारमा रायोको साग प्रतिकिलो थोक मूल्य १० रूपैयाँमा बिक्री भएको थियो।
माघ लागेदेखि नै यही मूल्यमा कायम रहेको बिहीबार भने घटेको छ। आजभोलि रायोको सागको मुख्य सिजन हो। कालीमाटी बजारमा काठमाडौं उपत्यका लगायत बाहिरी जिल्लाबाट पनि साग भित्रिन्छन्।
मागभन्दा उत्पादन भएकाले मूल्य घटेको व्यवसायीहरू बताउँछन्। बेमौसममा रायोको होलसेल मूल्य प्रतिकिलो दुई सय ५० रूपैयाँ किलोसम्म पुगको थियो। कालीमाटी बजारमा बन्दा, काउली, हरियो फर्सी, भण्टा लगायतका तरकारीको भाउ पनि घटेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























