चितवन विशेष

१४० वर्षको गौरवमय इतिहासः पाँचौँ गोर्खा राइफल्सको स्थापना दिवस मनाइयो

०
Banner

चितवन,मङसिर १-

द्वितीय बटालियन पाँचौँ गोर्खा राइफल्स भूतपूर्व सैनिक परिवार, चितवन–नवलपुरले १४०औँ स्थापना दिवस तथा मालाकाण्डा–डे विभिन्न कार्यक्रम गरी मनाएको छ। स्थापना दिवसको अवसरमा संस्थाले वार्षिक साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो।

 

कार्यक्रममा पूर्वसैनिक, उनीहरूका परिवार तथा संस्थासँग आबद्ध सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाका गतिविधिको समीक्षा, आगामी कार्ययोजना तथा आपसी भेटघाट र शुभकामना आदानप्रदान गरिएको थियो। पूर्वसैनिकहरूबीच एकता, आपसी सद्भाव र भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले स्थापना दिवस मनाइएको संस्थाले जनाएको छ।

भरतपुरको यज्ञपुरीस्थित सङ्गोल पार्टी प्यालेसमा कार्तिक २८ गते आयोजित कार्यक्रम संस्थाका अध्यक्ष सुवेदार मेजर अनरेरी क्याप्टेन वर्तमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुवेदार अनरेरी क्याप्टेन रेशम श्रेष्ठले गर्नुभएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>