राजनीति
हिंसा र लुटपाटमार्फत सरकारबाट हटाइयो, आयोगहरुले निष्पक्ष छानविन गर्नुको सट्टा आरोपित गर्ने काम गरेः ओली
०

काठमाडौं,मंसिर १ –
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको जिकिर गर्नुभएको छ ।
आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उहाँले उपद्रवकारीहरुले राज्यका संयन्त्र निष्क्रिय र निस्प्रभावी बनाएपछि आफूहरू सरकारबाट हट्नुपरेको दाबी गर्नुभएको हो । उहाँले जेन–जी आन्दोलनको क्रममा भएका घटनाहरुको निष्पक्ष छानविन हुन नसकेको समेत टिप्पणी गर्नुभयो । उहाँले सरकारद्वारा गठित छानविन आयोग र मानव अधिकार आयोगले आन्दोलनको क्रममा भएको लुटपाट र आगजनीका घटनाको निष्पक्ष छानविन गर्नुको सट्टा आफूहरुलाई आरोपित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप समेत लगाउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























