राजनीति

अहिलेको सरकार ढल्ने कुनै सम्भावना छैन: महासचिव पोखरेल

Banner

काठमाडौं, माघ १३-

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार ढल्ने कुनै सम्भावना नभएको बताएका छन् ।

आइतबार बिहान प्रेस चौतारी नेपाल महोत्तरीले बर्दिबासमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अहिलेको सरकार ढल्ने कुनै सम्भावना नभएको बताएका हुन् ।
उनले मुलुक राजनीतिक अस्थिरता र आर्थिक संकटमा गुज्रिएको बेला एमाले नेतृत्वको वर्तमान सरकार बनेको बताएका छन् ।

आइतबार बिहान प्रेस चौतारी नेपाल महोत्तरीले बर्दिबासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले दुई पार्टी मिलेर राजनीतिक स्थायित्व गर्ने सोचका साथ अहिलेको सरकार बनेको बताएका हुन् ।

यो बिचको अवधिमा केही सुधारका काम भएको र त्यसको परिणाम देखिन लागेको उनले बताए । नयाँ सरकार बनेपछि पुँजीगत खच बढेको, विदेशी मुद्राको सञ्चिति बढेको तथा आर्थिक क्षेत्र चलायमान भएको उनले बताए । तथापि लगानी र आर्थिक क्रियाकलापको क्षेत्रमा केही समस्या देखिएको कारण दुई दलीय संयन्त्र बनाएर सरकाले आर्थिक क्रियाकलाप सुधारको लागि सरकाले पाँचवटा अध्यादेश ल्याएको उनले स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>