राजनीति
ओलीले भारतीय नाकाबन्दीलाई असफल बनाएकै कारण अहिले एमालेमाथि प्रहार हुँदैछः शंकर पोखरेल
०

काठमाडौं, माघ १२-
नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले गरेको नाकाबन्दीलाई जनताको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा असफल बनाएपछि अहिले एमालेमाथि प्रहार भइरहेको दाबी गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बाताएका हुन् ।
नेपालमा संविधानसभाबाट संविधान बनाउन नदिन अनेक खेल भएको स्मरण गर्दै महासचिव पोखरेलले भने, ‘संविधान बन्न नदिन अनेक प्रपञ्च गरियो । संविधान जारी भएपछि नाकाबन्दी लगाइयो । त्यतिबेला सरकारमा भएका दलहरुले नाकाबन्दी पनि भन्न सकेनन् । सिमानाको अवरोध भन्न थाले, तर ओलीले प्रधानमन्त्री भए पनि यो नाकाबन्दी नै हो भन्नुभयो । जनताको साथमा दह्रो अडान लिएर असफल पार्नुभयो । त्यसैले अहिले हामीमाथि भएको प्रहार नाकाबन्दी असफल बनाउनुको कारणले पनि हो भन्ने बुझ्नुपर्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























