राजनीति

८४ पछि मात्रै सरकार परिवर्तन हुन्छः अर्थमन्त्री पौडेल

Banner

विराटनगर, माघ १२-

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने भ्रमपूर्ण र हावादारी कुरा दिनदिनै हुने गरेको भन्दै बजारु र हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका हुन् ।

अहिलेको कांग्रेस–एमालेबिचको सहकार्य ८४ सम्म भएकाले ८४ पछि मात्रै सरकार परिवर्तन हुने उनको भनाई थियो। मन्त्री पौडेलले सुशासन, आर्थिक सुधार र संविधान संशोधनका लागि एमाले र कांग्रेसबिच गठबन्धन भएकाले कुशासन र भ्रष्टाचार नियन्त्रणका साथै कालोबजारी र तस्करी नियन्त्रणमा सरकार लागिपरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>