राजनीति

हर्कमाथि बस्नेतको आरोपः श्रमदानका नाममा भ्रष्टाचार

Banner

काठमाडौँ, माघ १२-

नेकपा एमालेका नेता महेश बस्नेतले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङमाथि श्रमदानका नाममा भ्रष्टाचार गरेको आरोप लगाएका छन्। नेता बस्नेतले अख्तियारले अनुसन्धान गर्न बोलाएपछि भावनात्मक र उत्तेजनात्मक जवाफ दिएर पन्छिन खोजेको समेत उल्लेख गरेका छन्।

बस्नेतले लेखेका छन्, ‘अख्तियारलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उट्पट्याङ जवाफ दिएर त्यसको ब्यहोरा आफैले फेसबुकमा सार्वजनिक गरेका छन्। श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजनाहरू निर्माण र सुम्निमा पारुहाङको मूर्ति निर्माणमा अख्तियारको दुरुपयोग गरेको र अनियमितता भएको भन्दै उनीविरुद्ध परेको उजुरी अख्तियारले केही महिनायता अनुसन्धान गरिरहेको छ । आफूले अख्तियारलाई पठाएको जवाफ हर्कले फेसबुकमा राखेका छन्।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>