राजनीति

अब बिगतका जस्तो पढ्न पाएर मात्र हुँदैनः शिक्षा मन्त्री भट्टराई

Banner

गोरखा, माघ १२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । गोरखा नगरपालिका–८, आहालेस्थित श्री सरस्वती माध्यामिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको समापन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्नुहुँदै उहाँले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि अहिलेको लगानी पर्याप्त नभएको उल्लेख गर्नुभयो ।

‘‘अहिले शिक्षामा दश प्रतिसत मात्र सरकारको लगानी छ, यसलाई बढाउनुपर्छ, संघीय, प्रदेश र स्थानीय सरकार तीनै तहवाट शिक्षामा कति लगानी गर्ने भन्ने पनि सुनिश्चित गर्नुपर्छ, मन्त्री भट्टराईले भन्नुभयो, ‘‘अहिलेको लगानीलाई बढाएर कुल बजेटको २० प्रतिसत शिक्षामा लगानी गर्नका लागि सङ्घीय सरकारले आफुलाई तयार गर्नुपर्छ ।’’शिक्षालाई थप गुणस्तरीय बनाउन सरकारले लगानी बढाउनुपर्ने बेला आएको जनाउँदै उहाँले सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नतीका लागि समुदायसमेत सचेत र जागरुक हुनुपर्नेमा जोड दिनुभयो । ‘‘शिक्षामा लगानी बढाउने कुरा हामीले अन्तराष्ट्रिय रुपमा पनि प्रतिवद्धता व्यक्त गरेका छौ, मन्त्री भट्टराईले भन्नुभयो, ‘‘राष्ट्रिय रुपमा हाम्रो संविधानले नै शिक्षामा लगानी गर्नुपर्ने कुरा निदृष्ट गरेको छ ।’’
मन्त्री भट्टराईले सवैभन्दा पहिला संस्थागत विद्यालय राम्रो र सार्वजनिक विद्यालय नराम्रो भन्ने सोचलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । ‘‘सार्वजनिक विद्यालयमा राम्रो शिक्षा पाएका थुप्रै उदाहरण छन्, उहाँले भन्नुभयो, ‘‘सार्वजनिक विद्यालयमा सिङ्गो समुदायले गरेको मेहनत र सरकारले दिएको साथमा अपर्याप्त छ भने सवैको खवरदारी गर्नु जरुरी हुन्छ ।’’

ऐन, कानुन र नीति नियममा भएका सवै खालका समस्याको हल गरेर शिक्षा क्षेत्रको विकासका लागि सरकार अघि बढिरहेको उहाँले बताउनुभयो । ‘‘आज पढ्न पाएर मात्र भएन, कस्तो विद्यालयमा पढ्ने, कहाँ पढ्ने, शिक्षकहरु कस्तो हुनुहुन्छ, कसरी पढाउनुहुन्छ, कस्तो पाठ्यपुस्तक छ, यी समग्र अवस्थामा आधारमा विद्यार्थी विद्यालयमा आउछन्, मन्त्री भट्टराईले भन्नुभयो, ‘‘अब हिजोको जस्तो पढ्न पाएर मात्र हुँदैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>