राजनीति
अहिलेको सरकारप्रति नागरिक सन्तुष्ट छन्ः महेश बर्तौला
०

काठमाडौँ, माघ ११-
नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले एमाले नेतृत्वको सरकारप्रति नागरिक सन्तुष्ट रहेको बताएका छन्।
शुक्रबार हेटौंडामा आयोजित दूग्ध विकास संस्थान कर्मचारी संगठन नेपालको १२ औं केन्द्रीय अधिवेशनमा बोल्दै सचेतक बर्तौलाले कांग्रेस र एमालेको गठबन्धन मिलेर बनेको एमाले नेतृत्वको सरकारले माओवादीले गरेको अराजकतालाई चिर्दै नागरिकको सन्तुष्टी बटुल्ने काम गरिरहेको बताएका हुन्।
माओवादीले दुई ठूला दलको काँध चढेर सरकारको नेतृत्व गर्ने अवसर पाएको बेला अराजकता बढेको उनले बताए। माओवादीले देशको नेतृत्व गरेका बेला मुलुक नै असफल हुने हो कि भन्ने चिन्ताको अवस्था सिर्जना भएकोले दुई ठूला दल मिल्नुको विकल्प नभएको बताएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























