राजनीति
संसद्मा भ्रष्टाचारीहरूको सिट धेरै छः प्रचण्ड

काठमाडौँ, माघ १०-
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसद्मा भ्रष्टाचारीहरूको सिट धेरै भएको बताएका छन्।
बिहीबार (आज) आयोजित बाँकेको खजुरा गाउँपालिकाको पार्टीको तेस्रो अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। ुसंसद्मा भ्रष्टाचारहरूको सिट धेरै छ र भ्रष्टाचारीहरूसँग लड्नेको सिटचाहिँ कम छ,ु उनले भने।
उनले वर्तमान सरकारले अध्यादेशबाट शासन चलाइरहेको उल्लेख गर्दै यो सर्वथा गलत रहेको उनले बताए। यो पनि संसद्मा क्रान्तिकारी पार्टीहरूको सिट कम हुनुको परिणाम नै रहेको उनले बताए। फरक प्रसङ्गमा दाहालले माओवादी केन्द्र पार्टी प्रवेश गर्ने सबैभन्दा बढी एमालेका नेता कार्यकर्ता रहेको बताए। उनले एमालेप्रतिको जनताको मोह घट्दै गएको सुनाउँदै भने, ुयो खुसीको कुरा हो कि सबैभन्दा माओवादी केन्द्र प्रवेश गर्ने नेता(कार्यकर्ताहरू एमालेकै छन्।ु

























