राजनीति

लेखा समिति सभापतिको राजीनामा माग्नेलाई एमाले सांसद तामाङले दिए धम्की

Banner

काठमाडौँ, माघ ८-

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग्ने विपक्षी र सत्तारुढ कांग्रेसका सांसदहरूलाई सरकारको नेतृत्व गरिरहेको एमालेका सांसदले अबदेखि त्यो विषय उठाएमा ुराम्रो नहुनेु भन्दै धम्की दिएका छन् ।

सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा विपक्षी दलहरू मा‌ओवादी र रास्वपा तथा सत्तारुढ कांग्रेसका सांसदहरूले सभापति पोखरेललाई पदबाट राजीनामा दिन भनेका थिए । सत्तारुढ दलको सांसद भएको, श्रीमती सहकारी ठगीको अभियुक्त भएको र स्वकीय सचिव पनि ठगीमा संलग्न रही प्रहरीको हिरासतमा रहेकाले पदबाट राजीनामा गर्नुपर्ने सांसदहरूले पोखरेललाई सुझाएका थिए ।

कांग्रेस सांसद अर्जुननरसिंह केसी, देवप्रकाश तिमिल्सिनाले सभापतिलाई राजीनामा गर्न सुझाएका थिए । त्यस्तै, विपक्षी दल माओवादी केन्द्रका सांसदहरू जनार्दन शर्मा, अमनलाल मोदी र लेखनाथ दाहाल, रास्वपाका सांसद हरि ढकालले सभापति विभिन्न प्रकरणमा मुछिएको र सत्तारुढ दलको सांसद भएकाले राजीनामा माग गर्नुपर्ने माग गरेका थिए ।

ठीक एक महिनापछि बसेको मंगलबारको बैठकमा विपक्षीसँगै सत्तारुढ सांसदहरूले पनि सभापति पोखरेललाई राजीनामा गर्न माग गरेपछि एमालेका सांसदहरूले भने धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । एमालेका सांसद तारा लामा तामाङले भने आगामी दिनमा सभापतिको राजीनामाको विषय उठान गरेमा ुराम्रो नहुनेु भन्दै धम्की दिएका थिए । उनले बैठकको कार्यसूचीमा नरहेको सभापतिको राजीनामाबारे सांसदहरूले बोलेका कुरा लेखेको भएकाले सञ्चारमाध्यमलाई बैठकमा राख्नै नहुने प्रस्तावसमेत रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>