राजनीति

संसद् छलेर अध्यादेश ल्याउनु संसदीय व्यवस्था विरुद्धको काम होः चन्द्र भण्डारी

Banner

विराटनगर, माघ ६-

सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। चन्द्र भण्डारीले संसद्लाई छलेर अध्यादेश ल्याउनु संसदीय व्यवस्था विरोधी क्रियाकलाप भएको टिप्पणी गरेका छन्।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भण्डारीले संसद् रहेको अवस्थामा संसद्लाई छलेर अध्यादेश ल्याउनु संसदीय व्यवस्था विरोधी काम भएको टिप्पणी गरेका हुन्।

उनले नेपालमा बहुदलीय व्यवस्था, विधिको शासन र संसदीय व्यवस्था लामो समय लडेर ल्याइएकाले संसद् रहेको वेला संसद्लाई छलेर अध्यादेश ल्याउनु विधिको शासन विपरीतको काम मात्रै नभई सांसदहरूकै अपमान भएको जिकिर गरे।

उनले कानुन चाहिएकै भए संसद्को अधिवेशन बोलाएर फाष्ट् ट्र्याकबाट पनि बनाउन सकिने स्पष्ट पारे। ‘बहुमत छ भन्दैमा पेलिलिदिने भन्ने हुँदैन हामीले विधि खोजेको हो, अध्यादेश ल्याउनु विधिको शासन विपरीत हो।’ उनले भने।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>