राजनीति

आगामी महाधिवेशनमा सभापतिमा उठ्ने इच्छा छः डा. शशांक कोइराला

Banner

विराटनगर, माघ ६-

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन्। विराटनगर विमानस्थलमा नागरिकन्यूजसँग कुरा गर्दै उनले सभापतिमा उठ्न आफू इच्छुक भए पनि यसका लागि कार्यकर्ताहरूको सहयोग आवश्यक रहेको स्पष्ट पारे।

डा. कोइरालाले सभापति पदमा उम्मेदवारी दिने तयारीमा रहेको भन्दै अरूलाई समर्थन गर्ने प्रश्न असान्दर्भिक भएको बताए। उनले महाधिवेशनको समयबारे आफ्नो धारणा स्पष्ट पार्दै भने, ‘महाधिवेशन आम निर्वाचनलाई प्रभावित नपार्ने गरी दुई वर्षअघि गर्नु राम्रो हुन्छ। नभए निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्छ।’

पछिल्लो महाधिवेशनमा डा। शेखर कोइरालालाई आफूले धोका नदिएको दाबी गर्दै डा। शशांकले पार्टी सञ्चालनमा भिजन, सिद्धान्त, र विचारको आधारमा मात्र समर्थन र असहमति तय हुने बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>