राजनीति

पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी छः अध्यक्ष प्रचण्ड

Banner

मोरङ, माघ ५-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिताले मुलुकप्रति निष्ठा र माया बढाउने खालका सन्देश प्रवाह गर्न जरुरी रहेको बताएका छन् । न्यू सृष्टि दैनिकको १४ औँ वार्षिकोत्सव र युवा सम्मान कार्यक्रमको आज उद्घाटन गर्दै उनले हामी सबैले मुलुकलाई माया गर्दै इतिहासप्रति गर्व गर्न जरुरी रहेको धारणा राखे ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भौगोलिक विविधता, प्राकृतिक स्रोत र साधनले धनी मुलुकमै बस्न र यहीँ काम गर्न युवाहरुलाई आग्रह समेत गरे। उनले भने, ‘सञ्चारकर्मी र कलाकारले देशका विभिन्न जातजातिबीच राष्ट्रिय एकतालाई प्रबद्र्धन गर्ने गरी काम गर्नुपर्छ ।’

उनले मुलुकमा सुशासन, विभेदको अन्त्य, न्याय र आर्थिक सङ्कट अन्त्यगरी समृद्धि ल्याउन सबै राजनीतिक दलहरुको जिम्मेवार हुनुपर्नेमा समेत जोड दिए । अध्यक्ष दाहालले वर्तमान अवस्थामा सामाजिक सञ्जालका कारण छापा सञ्चारमाध्यमका अगाडि ठूलो चुनौती रहेको समेत उल्लेख गर्दै दैनिक पत्रिका निन्तरता रुपमा प्रकाशन गरिरहेकामा न्यू सृष्टिका प्रधान सम्पादक शङ्कर खरेलको प्रशंसा गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चारगृहले विकास निर्माणका समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । न्यू सृष्टि दैनिकका प्रधानसम्पादक एवं राष्ट्रिय समाचार समितिका सञ्चालक समितिका सदस्य शङ्कर खरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन सबैपक्ष क्रियाशील हुनु जरुरी रहेको उल्लेख गर्दै यसबाट नेपालीबिच एकता कायम हुने धारणा राखे । त्यसअवसरमा उत्कृष्ट पत्रकारिताको पुरस्कार रासस मोरङ (बेलबारी)का विवेक मिश्रलाई प्रदान गरियो ।

अध्यक्ष प्रचण्डले अभिनेता विजय बराल, अभिनेत्री नीता ढुङ्गाना, सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ, क्रिकेट खेलाडी ललित राजवंशी, ओलम्पिक विजेता पलिसा गोवद्र्धन, गायक एवं सङ्गीतकार बाबुल गिरी, नेपाली प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्का, जहदा गाउँपालिकाका अध्यक्ष जीतेन्द्र साहलगायतलाई पुरस्कृत एवं सम्मान गरेका थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>