राजनीति

शंकर पोखरेलले भनेः माधव नेपाललाई एमालेले ढोका खोलेको छैन

Banner

काठमाडौं, माघ ४-

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका लागि एमालेले ढोका खुला नगरेको बताएका छन् ।

शुक्रबार एकीकृत समाजवादीको जनवर्गीय संगठन समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी लगायतलाई पार्टी प्रवेश गराउँदै उनले माधव नेपाललाई एमालेले ढोका खुला नगरेको बताएका हुन् ।

‘हार्दिकतापूर्वक स्वागत गर्ने हो भने विश्वमणि होइन माधव नेपाल आउनुहुन्छ तर, हामीले माधव नेपालको लागि ढोका खोलेको छैनौं,’ उनले भने ।

उनले अगाडि थपे, ‘तर उहाँले जुन गल्ती गर्नुभएको छ त्यो गल्तीबापत उहाँलाई स्वागत गर्ने पक्षमा एमाले छैन । त्यसैले उहाँले अरुलाई रोक्न खोज्नुभएको छ ।’ एमालेले सम्मान दियो भने माधव नेपाल एमालेमा तत्काल फर्कने उनको जिकिर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>