राजनीति

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष सुवेदी चौतारी प्रवेश गर्ने

Banner

काठमाडौँ, माघ ४-

समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्ने भएका छन् ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठनका अध्यक्ष सुवेदी एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी प्रवेश गर्न लागेका हुन् ।

बिहीबार दिउँसो प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा सुवेदीसहित प्रेस सङ्गठनका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू चौतारीमा प्रवेश गर्न लागेको सुवेदीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>