राजनीति

अध्यादेश छलफल गरेरै ल्याएको हो, चर्चा गरिराख्न आवश्यक छैन

Banner

काठमाडौं, माघ ३-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको कामको समीक्षा भइरहेको छ। देउवाले पार्टीका शीर्ष नेताहरूसहित पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई निवासमै बोलाएर कामबारे समीक्षा गरिरहेका छन्। बैठकमा सरकारले हालै ल्याएको अध्यादेशको विषयमा पनि कुरा उठेको छ।

बैठकमा सरकारले ल्याएको अध्यादेशको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने महामन्त्रीले ब्रिफिङ गरेको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए। उनले भने, ‘अध्यादेशको विषयमा पनि बैठकमा छलफल भएको छ, छलफल भएरै ल्याएको भएकाले महामन्त्रीज्यू ले पनि पोजेटिभ रूपमा लिनुपर्छ। हामीसँग छलफल नै गरेर ल्याएकाले यसबारे चर्चा परिचर्चा गर्न आवश्यक छैन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>