राजनीति

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

Banner

काठमाडौं, माघ ३-

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको घटनामा संलग्नलाई कारबाही गर्न नेपाली कांग्रेसले माग गरेको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएपछि बाहिर निस्कँदै गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरभित्रै एक्कासी आक्रमण र दुर्व्यवहार भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका हुन्।

त्रिपाठीमाथि लछारपछार, हातपात र दुर्व्यवहार गरेको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख छ।

ुयो घटनालाई नेपाली कांग्रेसले अत्यन्त दुःखदायी घटनाको रुपमा लिएको छ । विधिको शासन, कानूनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवांछित गतिविधि कदापी स्वीकार्य हुन सक्दैन,ु विज्ञप्तिमा भनिएको छ, ुयो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ । यस्ता घटनामा संलग्न जो सुकैलाई पनि कानूनी कारवाहीको दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ।ु

बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिवादी रहेको काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन मुद्दामा त्रिपाठीले सहकारी पीडितका पक्षबाट बहस गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>