राजनीति
सरकारले संविधान संशोधनको नौटङ्गी गरेको मोहन वैद्य पार्टीको आरोप
०

काठमाडौँ, माघ ३-
मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले संविधान संशोधन सरकारको नौटङ्गी भएको बताएको छ । पार्टीका कार्यवाहक महासचिव सिपी गजुरेल (गौरव)ले वक्तव्य जारी गर्दै सरकारले संविधान संशोधनको नौटङ्गी गरेको टिप्पणी गरेको हो ।
‘नेपालमा साम्राज्यवाद तथा विस्तारवादका दलालहरुको नेतृत्वमा रहेको संसदीय व्यवस्था तथा प्रतिक्रियावादी राज्यसत्ता अन्तर्गत हुने कुनै पनि प्रकारको संविधान संशोधनको नौटङ्की आन्दोलित जनतालाई भ्रममा पार्ने र नेपाललाई सधैं वाह्य शक्ति केन्द्रहरुको अखडा बनाइराख्ने भ्रमजाल बाहेक अरु केही होइन ’, वक्तव्यमा भनिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























