राजनीति

सरकारले संसद छलेको छैन, संसद् बस्ने बित्तिकै अध्यादेश संसदमा जान्छः एमाले सचिव भट्टराई

Banner

दोलखा, माघ ३-

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र कांग्रेसको संयुक्त सरकार बनेपछि देशको अर्थतन्त्र लयमा फर्किएको बताएका छन् । बुधबार दोलखाको चरिकोटमा प्रेस चौतारी नेपाल दोलखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले अहिले शेयर बजार पनि सकारात्मक भएको बताए । यसबाट शेयर बजारका लगानीकर्तामा सकारात्मक सन्देश गएको भट्टराईको भनाइ छ ।

अहिले सरकारले ल्याएको अध्यादेश संसद् छलेर ल्याइयो भन्ने कुरामा पनि कुनै सत्यता नरहेको भट्टराईले बताए । एउटा अधिवेशन समाप्त भएको ६ महिना भित्र अर्को अधिवेशन बोलाउनु पर्ने कानुनी प्रावधान भएको बताउँदै भट्टराईले त्यसको लागि अझै एक डेढ महिना समय बाँकी रहेको उनले बताए । संसद् बस्ने बित्तिकै अध्यादेश संसदमा जाने भएकाले सरकारले संसद् छल्न नसक्ने भट्टराईको भनाइ छ ।

नेपालका कतिपय कानुनहरू निक्कै पुराना भएका र कतिपय कानुन एक अर्कासँग बाझिने खालका भएका कारण त्यसलाई सहज बनाउन सरकारले अध्यादेश ल्याएको भट्टराईले स्पष्ट पारे । देशमा लगानीमैत्री वातावरण बनाउन तथा नागरिकलाई सहज सेवा प्रवाह गर्न ती अध्यादेशहरू ल्याइएको भट्टराईले बताए ।

सरकारले ६ महिनामा कति काम गर्‍यो गरेन भन्ने कुरा आमनागरिकले समीक्षा गरिरहेका बताउँदै भट्टराईले एमालेले सरकारको नेतृत्व लिँदा देश निक्कै सङ्कटको अवस्थामा रहेको कुरा बिर्सन नहुने बताए । अर्थतन्त्रलाई लयमा ल्याउन, विश्व समुदाय समक्ष आत्मसम्मानको साथ नेपालको पहिचान स्थापित गर्न, देश भित्रको एकता सुदृढ गर्न, नागरिकमा आत्मविश्वास बढाउन र लोकतन्त्रलाई सुदृढ बनाउन सात बुँदे सहमतिका आधारमा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनेको उनले बताए । “अहिलेको सरकार त्यो सात बुँद सहमतिप्रति प्रतिबद्ध छ, त्यसलाई नै अहिलेको कमको मार्गदर्शन मान्दै अघि बढेको छ”, उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>