राजनीति
अधिवक्ता त्रिपाठीमाथि हातपातमा आफ्नो कार्यकर्ता संलग्न भेटिए कारबाही गर्छौः रास्वापा
०

काठमाडौं, माघ २-
जिल्ला अदालत काठमाडौं बाहिर अधिवक्ता वरिष्ठ दिनेश त्रिपार्टीमाथि हातपात भएको घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीले ध्यानाकर्षण गरेको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले घटनामा पार्टीका कुनै सदस्यको संलग्नता भेटिए कारवाही गर्ने बताएका छन् ।
रवि लामिछानेविरुद्धको मुद्दामा त्रिपाठीले जाहेरीकर्ताको तर्फबाट बहस गरेका थिए । आज बहसपछि काठमाडौं जिल्ला अदालत परिसरभित्र त्रिपाठीविरुद्ध हुलहुज्जत र हातपात भएको थियो । झाले यस किसिमको व्यवहार कानूनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलका लागि स्वीकार्य नरहेको जनाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























