राजनीति

सरकार विकासभन्दा भ्रष्टाचारमा केन्द्रितः प्रभु साह

Banner

काठमाडौं, माघ २-

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशमार्फत शासन गर्न थालेको बताएका छन् ।

प्रतिपक्षी दलहरूको बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर अध्यादेशमार्फत शासन गर्न लागेको बताएका हुन् । ‘सरकारले संसदको बैठक नबोलाएर अध्यादेशमार्फ़त शासन गर्न थाल्यो’, उनले भने, ‘सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले रोकेको विषयलाई हामीले गम्भीर ढंगले लिनूपर्छ ।’

उनले वर्तमान सरकारको गठन नै अप्रजातान्त्रिक, अप्राकृतिक, अपारदर्शी एवम् अनैतिक भएको आरोप लगाए ।

सरकार विकासभन्दा भ्रष्टाचारमा केन्द्रित रहेको उनको भनाइ छ । सरकारले अहिले विपक्षीलाई तर्साउने, डराउने र फुटाउने खेलमा लागेको आरोपसमेत उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>