राजनीति

आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै रवि लामिछाने

Banner

काठमाडौं, पुस २८-

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।  कास्की जिल्ला अदालतको आदेश बमोजिम बिहीबार धरौटीमा छुटेका लामिछाने काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आफैं अदालतमा उपस्थित हुन लागेका हुन् । लामिछाने आइतबार बिहान साढे ८ बजे नै काठमाडौं जिल्ला अदालतमा हाजिर हुने रास्वपा कोषाध्यक्ष एवं लामिछानेका सहयोगी दीपक बोहोराले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका लामिछाने बिहीबार ६५ लाख रूपैयाँ धरौटीमा रिहा भएका थिए ।​ उनीसँगै ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका थिए । न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरूङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा रविलगायतलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । रवि उपस्थित भएपछि आइतबार नै अदालतमा बयान शुरू हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>