राजनीति

अन्धाधुन्ध विकल्प खोज्दा नेपाली राजनीति अस्थिरः शङ्कर पोखरेल

Banner

काठमाडौं पुस, २७-

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका राजनीतिक दलहरूको योगदान र इतिहासलाई तोडमोड गरी प्रस्तुत गर्ने प्रवृत्तिप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन्।

उनले आफ्नो फेसबुक स्टाटसमार्फत नेपालमा राजनीतिक दलहरूको संलग्नता नौ दशक पुरानो रहेको उल्लेख गर्दै यस अवधिमा दलहरूले सामना गरेका चुनौती र उपलब्धिहरूलाई स्मरण गरे।

पोखरेलका अनुसार नेपालको राजनीतिक यात्रा राणा शासनविरुद्धको संघर्षदेखि सुरु भई विभिन्न चरण पार गर्दै आएको छ। उनले राजनीतिक संघर्षका प्रमुख पाँच चरण औंल्याएका छन्– एक दशक राणा शासनविरुद्धको आन्दोलन, झण्डै एक दशक राजनीतिक संक्रमणकाल, तीन दशक पञ्चायती व्यवस्थाको विरोध, एक दशक माओवादी सशस्त्र द्वन्द्व, र त्यसपछि शान्ति प्रक्रिया तथा संविधान निर्माणको समय। बाँकी दुई दशक मात्र राजनीतिक दलहरूले नेतृत्वमा काम गर्ने मौका पाए पनि ती समय पनि राजनीतिक अस्थिरताको दुश्चक्रमा फसेको उनको भनाइ छ।

महासचिव पोखरेलले राजनीतिक दलहरूको विगतलाई खारेज गर्ने र राजनीतिमा कुनै भूमिका र योगदान नभएका समूहहरूलाई विकल्पका रूपमा अघि सार्ने प्रयासले नेपालको राजनीतिलाई अस्थिर बनाउने खतरा रहेको बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>