राजनीति

ओलीले मैले जति जानेको कोही छैन भन्ने ठान्छन्, यही अहंकारकै कारण एमालेभित्र समस्या खडा भयोः माधव नेपाल

Banner

काठमाडौं, पुस २७-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूभन्दा जान्ने कोही नभएको ठान्ने व्यक्तिका रूपमा टिप्पणी गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीले आफूलाई ‘ज्ञानको भण्डार’ ठान्ने गरेको जिकिर गरे। उनले ओलीको यही अहंकारकै कारण एमालेभित्र समस्या उत्पन्न भएको बताए।

नेपालले भने, ‘ओलीले मलाई जति जानेको कोही छैन, ज्ञानको म एक्लो भण्डार हुँ भन्ने ठान्छन्। यही अहंकारकै कारण एमालेभित्र समस्या खडा भयो। एक्लै निर्णय गर्ने, चुनौती दिने व्यक्तिहरूलाई शत्रु ठान्ने र पत्तासाफ गर्ने प्रवृत्ति सुरु भयो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>