राजनीति

रवि लामिछानेलाई धरौटीमा रिहा आदेश गर्ने न्यायाधीशविरुद्ध युवराज सफलको उजुरी

Banner

काठमाडौँ,पुस २६-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा रिहाको आदेश दिने कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी परेको छ। सिन्धुलीका युवराज सफलले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा रास्वपा सभापति लामिछानेलाई धरौटीमा छाडेको भन्दै न्यायाधीशविरुद्ध न्यायपरिषद्‍मा उजुरी दिएका हुन्।​ न्यायाधीश राईविरुद्ध सफलले शुक्रबार न्यायपरिषद्‌मा उजुरी दिएका हुन्।

रविलाई थुनामा पठाउने प्रशस्त सबुत प्रमाण र तथ्य हुँदाहुँदै जिल्ला अदालतका कास्कीका न्यायाधीश नीतिज राईले ६५ लाख धरौटी लिएर तारेखमा रिहा गरेको भन्दै आदेशविरुद्ध उजुरी दिएका हुन्। पुर्पक्षका लागि थुनामा पठाई मुद्दा अगाडि बढाउनुपर्नेमा सो नगरी न्यायाधीशले दाबी गरिएको बिगो रकमभन्दा थोरै धरौटी तोकी छाड्ने निर्णय गरेको हुँदा यो आदेश कानुनी, न्यायिक र व्यवहारिक कुनै कोणबाट पनि न्यायसंगत नभएको उजुरीमा उल्लेख छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>