राजनीति
रवि लामिछाने आइतबार काठमाडौं अदालतमा हाजिर हुने
०
काठमाडौं, पुस २६-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालत हाजिर नहुने भएका छन्। अब लामिछाने आइतबारमात्रै जिल्ला अदालत काठमाडौंमा हाजिर हुने भएका हुन्।
रास्वपाका नेता दीपक बोहराका अनुसार सभापति लामिछाने आइतबार बिहान जिल्ला अदालत काठमाडौंमा हाजिर हुनेछन्। कास्की जिल्ला अदालतले सुर्यदर्शन सहकारीको मुद्दामा सभापति लामिछानेलाई बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।
लामिछानेमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा पनि मुद्दा छ। सभापति लामिछाने गत कात्तिक २ गते पक्राउ परी पुस २५ गते कास्की अदालतबाट धरौटीमा छुटेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>