राजनीति
पोखराबाट काठमाडौं आउने तयारीमा रवि, आजै अदालत उपस्थित हुने
![Banner](https://narayanionline.com/wp-content/uploads/2024/12/rabi_mhM8UXg6wY.jpg)
काठमाडौं, पुस २६-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौं आउन लागेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका उनी शुक्रबार काठमाडौं आएर अदालतमा उपस्थित हुन लागेका हुन् । रास्वपाका एक नेताका अनुसार लामिछाने आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका छन् ।
‘उहाँ साढे १ बजे जहाजमार्फत काठमाडौं आउँदै हुनुहुन्छ । त्यसपछि आजै अदालत उपस्थित हुने तयारी छ,’ ती नेताले भने ।
लामिछाने आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले उनलाई छाडेको थियो । बिहीबार राति उनी पोखरा नै बसेका थिए ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।
लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो ।
यता काठमाडौंमा भने कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि उनीविरु मुद्दा दायर भएको छ । फाइल तस्बिर