समाचार

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न छुट्टै संस्था खोल्नुपर्छः मन्त्री भण्डारी

Banner

काठमाडौं, पुस ३-

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्न एउटा छुट्टै संस्था स्थापना गर्नुपर्ने बताएका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्नको लागि कानुनले व्यवस्था गरेअनुसारको संस्था खोल्न सरकार लागिपरेको उनको भनाइ थियो ।

स्वास्थ्य मन्त्रालय मातहत रहेको कारण स्वस्थ्य परीक्षण गर्ने संस्थाहरुले बदमासी गरेपनि श्रम मन्त्रालयले कारबाही गर्नसक्ने अवस्था नरहेको मन्त्री भण्डारीको भनाइ थियो । उनले वैदेशिक रोजगारीको क्षेत्रमा रेहका समस्याहरुको समाधान गर्नको सरकार र रोजगारदाताहरुले चनाखो भएर लाग्नुपर्ने बताए ।

‘अहिले यो काम ठूला—ठूला अस्पतालहरुले गरिरहेका छन् । अब उनीहरुले बद्मासी गरेको अवस्थामा मन्त्रालयले कारबाही गर्न नसक्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>