खेलकुद

गुलसनले लिए एउटै खेलमा चार क्याच

Banner

काठमाडौँ, पुस ३-

कर्णाली याक्सका अनुभवी अलराउन्डर गुलसन झा नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेट प्रतियोगिताको एउटै खेलमा सर्वाधिक क्याच लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार खेलिएको चितवन राइनोजविरुद्धको ‘एलिमिनेटर’ खेलमा उत्कृष्ट फिल्डिङ गर्दै उनी यो सूचिको दोस्रो स्थानमा उक्लिएका हुन् ।

चितवन राइनोजविरुद्धको खेलमा गुलसनले चारवटा क्याच लिए । उनले चितवन राइनोजका ओपनर ब्याट्सम्यान हसन इसाखिल र विपिन रावलको क्याच लिएका थिए ।

त्यसपछि उनले रवि बोपारा र सन्तोष कार्कीको क्याच पनि लिएका थिए । जारी एनपीएलमा हालसम्म गुलसनले ६ वटा क्याच लिइसकेका छन् ।

एउटै खेलमा सर्वाधिक क्याच लिने खेलाडी भने जनकपुर बोल्ट्सका कप्तान अनिल कुमार साह हुन् । उनले प्रारम्भिक चरणमा खेलिएको काठमाडौँ गुर्खाजविरुद्धको खेलमा पाँचवटा क्याच लिएका थिए ।

अनिल जारी एनपीएलमा सबैभन्दा बढी क्याच लिने खेलाडी पनि हुन् । उनले हालसम्म सात खेल खेल्दै १२ वटा क्याच लिइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>