काठमाडौँ

काठमाण्डौ महानगरबाट दश जना स्रष्टा जनही १ लाख ५० हजार पुरस्कारसहित सम्मानित

Banner

काठमाण्डौ,मंसिर २९-

काठमाण्डौ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । आज आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगरमा मेयर बालेन्द्र शाह, उपमेयर सुनीता डङ्गोललगायतले १० जनालाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेहरु लोकगायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा। अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट कोठमाण्डौ महानगरका पूर्व मेयर पिएल सिंह र कलाकारिताअन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार हुनुहुन्छ । यस्तै साहित्य क्षेत्रबाट मल्ल के सुन्दर, खेलतर्फ तेक्वान्दोका सङ्गिना वैद्य, भलिबलका प्रतिभा माली र क्रिकेटका ज्ञानेन्द्र मल्ल सम्मानित हुनुभएको महानगरले जनाएको छ ।

समारोहमा महानगरका ३२ वटै वडाले आ–आफ्नो सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेलका साथै महानगरले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गरिने साधन र उपकरणको प्रदर्शन गरेको थियो । दमकल, एम्बुलेन्स, सडक सफा गर्ने बु्रमर, फोहर सङ्कलन गर्ने गाडीलगायत उपकरण प्रदर्शन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>