खेलकुद

लुम्बिनीले टस जितेर पहिला बलिङ रोज्यो

Banner

काठमाडौं, मंसिर २८-

नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो अन्तिम खेलमा लुम्बिनी लायन्सले टस जितेको छ। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ रोजेका छन्।

यसअघि छ खेल खेलमा पराजित भएर प्लेअफ होडबाट बाहिरसकेको लुम्बिनी लिगकै अन्तिम खेल खेल्दैछ। अर्कोतर्फ कर्णाली याक्स लुम्बिनीलाई हराएर प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्यमा छ। पाँच खेल खेल्दा तीनमा जित र दुईमा हारबाट छ अंक जोडेको कर्णाली पाँचौं स्थानमा छ।

सुरुवाती दुई खेलमा पराजित भएपनि त्यसपछि लगातार तीन खेल जितेको कर्णाली लयमा छ र त्यो जितको लय कायम राख्न चाहन्छ। लुम्बिनीलाई पराजित गरेमा कर्णालीको प्लेअफ सम्भावना बलियो हुनेछ।

आजै हुने दोस्रो खेलमा विराटनगर र चितवन भिड्दै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>