Breaking News

इच्छाकामना गाउँपालिकामा कार्यरत अनमी थिइन विन्दु, भरतपुरमा स्कुटर दुघर्टनामा परेर अस्ताइन

Banner

चितवन, कात्तिक २२-

चितवनको भरतपुरमा बोलेरो गाडी, मोटरसाइकल र स्कुटर दुर्घटनामा परी मृत्यु हुने महिला इच्छाकामना गाउँपालिकामा कार्यरत अनमी रहेको खुलेको छ । आज (बिहिबार) बिहान ११ः४० बजे भरतपुर महानगरपालिका २४ लक्ष्मणचोकमा प्र ३–०१–०२४ च ४९९३ नम्बरको बोलेरोले बा.प्र.०३–००१ प ३६५६ नम्बरको मोटरसाइकल र प्रदेश ३–०३–००१ प ८८८२ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुरमा सवार इच्छाकामना गाउँपालिका ५ स्थित दाह्रेचोकी ३७ वर्षिय रामकुमारी गुरुङ (विन्दु) को मृत्यु भएको थियो । उहाँ विगत सात वर्षदेखि पालिकामा अनमिको रुपमा कार्यरत रहेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार इच्छाकामना गाउँपालिका ३ स्थित माझगाउँको स्वास्थ्य इकाईमा उहाँको दरबन्दी थियो । हाल उहाँ काजमा आधारभूत अस्पताल कुरिन्टारमा कार्यरत हुनुहुथ्यो ।

दुर्घटनामा परी गम्भिर घाइते भएकी गुरुङको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । दुर्घटनामा स्कुटर चालक सोही ठाउँका ३१ वर्षिय सोजन शेरचन गम्भिर घाइते हुनुभएको छ । उहाँको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा शल्यक्रियाको तयारी भएको छ । चिकित्कसका अनुसार शेरचनको टाउकोमा रगत जमेको छ । यस्तै मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका २४ का ३१ वर्षिय हरिशरण थापामगर घाइते हुनुभएको छ । उहाँहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । प्रहरीले तीनवटै सवारी साधन र बोलेरोका चालकलाई नियन्त्रणमा लिएको छ ।

यस्तै चितवनको कालिका नगरपालिकामा म्याजिक र इलेक्ट्रीक स्कुटर एक आपसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार दिउसो कालिका नगरपालिका ५ विराटचोक स्थित भित्री सडकखण्डमा बा.प्र.०६–००१ ज ०१७१ नम्वरको म्याजिक र इलेक्ट्रीक स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार दुई जना र म्याजिकमा सवार एक जना घाइते भएका हुन । घाइते हुनेमा स्कुटर चालक कालिका नगरपालिका ५ बस्ने ४२ वर्षिय चण्डिका घिमिरे,पछाडि सवार ३५ वर्षिय अमृता मरहट्ठा र म्याजिकमा सवार कालिका २ बस्ने ४९ बर्षिय लिला भण्डारी रहेका छन । उनिहरुको उपचार मनकामना अस्पताल भरतपुर भइरहेको प्रहरीले जनाएको छ । अहिले उनिहरुको अवस्था मध्यम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>