देश/प्रदेश

अनियन्त्रित भएको माइक्रो घरको कोठाभित्रै छिरेपछि…

Banner

दाङ, असोज २०-

दाङको तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको माइक्रो अनियन्त्रित भएर घरभित्र छिर्दा ६ जना घाइते भएका छन्। तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको बा.प्र ०३ –००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो तुलसीपुर उपमहानगरपालिका – ७ डाँडापातुवा सडकमा अनियन्त्रित भई स्थानीयको घरभित्र छिरेको थियो ।

गाडी केही भाग स्थानीय खिमबहादुर मल्लको घरको कोठाभित्रै छिरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए। दुर्घटनामा परी माइक्रो चालक, त्यसमा सवार यात्रु र डेरामा बसेकाहरू घाइते भएका छन्।

प्रहरी निरीक्षक थापाका अनुसार माइक्रो चालक रुकुम पश्चिम मुसिकोट नगरपालिका – ४ का २५ वर्षीय कुमार सन्यासी , यात्रुहरु सल्यानको शारदा नगरपालिका – ७ की २४ वर्षीया कल्पना चलाउने, उनकी ८ वर्षीया छोरी निर्मला चलाउने, घर भाडामा बस्दै आएका १२ वर्षीय रणविर नेपाली, सल्यान बागचौर नगरपालिका – ७ का २७ वर्षीया सपना चलाउने, जाजरकोटको भेरी नगरपालिका – ४ घर भइ जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार ३९ वर्षीय दुर्गाबहादुर विक घाइते भएका छन् । गाडीमा कुल ९ जना यात्रारत रहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>