देश/प्रदेश

बौलाएको स्यालले टोक्दा १० जना घाइते

Banner

कपिलवस्तु, असोज १८-

कपिलवस्तुमा स्यालले टोक्दा १० जना घाइते भएका छन्। विजयनगर गाउँपालिका ३ अन्तर्गत पत्थरदेइया र माहादेइया गाउँका ९ र कृष्ण नगरको विजयनगर गाउँका एक जना गरी १० जनालाई बौलाएको स्यालले टोकेको हो ।

बिहीबार स्यालको टोकाइबाट पत्थरदेइया गाउँका १२ वर्षीय माहाजार आलम, ५२ वर्षीया राजमती कोरी, ५५ वर्षीय जगनाथ अहिर, ५० वर्षीय भोला पासी, १२ वर्षीय कृष्ण यादव किसन घाइते भएका हुन्। यस्तै माहादेइया गाउँका ५० वर्षीय वव्बु केवट, ३५ वर्षीय शिवकुमार यादव, ५० वर्षीय मुन्नालाल चौधरी, १५ वर्षीय अर्जुन यादव र कृष्णनेरका एक जना पनि स्यालको आक्रमणबाट घाइते भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार, स्यालको आक्रमणपछि घाइतेको बहादुरगंज अस्पताल उपचार भइरहेको छ। अस्पतालमा रेबिज विरुद्धको खोपको अभाव रहेको जनाइएको छ। ५ जनालाई चन्द्रघण्टा पठाइएको चन्दले बताए।

सुचना स्रोतः नागरिक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>