देश/प्रदेश

नहरमा माछा मार्ने क्रममा ४ बालकमाथि बजारियो ट्याक्टर

Banner

सर्लाही, असोज १७-

सर्लाहीमा नहरमा ट्याक्टर खस्दा एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका–७ मुसैलीमा आज बिहान ना ३ त १६२ नम्बरको ट्याक्टर नहरमा खस्दा गम्भीर घाइते भएका स्थानीय दिनेश साहका छोरा १२ वर्षका रवि साहको उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा अन्य तीनजना बालक घाइते भएका छन्। सर्लाहीकै खुटौनाबाट मुसैलीतर्फ जाँदै गरेको ना ३ त १६२ नम्वरको ट्याक्टर अनियन्त्रित भएर नहरबाट तल पल्टिँएर नहरमा माछा मारिरहेका बालकहरुमाथि बजारिएको थियो ।

दुर्घटनामा स्थानीय जवाहिर मन्सुरका छोरा १० वर्षीय सलमान मन्सुर, दिनेश साहकै अर्का छोरा १० वर्षीय आर्यन र कौशल मन्सुरीका छोरा १० वर्षीय जमाल मन्सुर घाइते भएका छन्। घाइतेमध्ये सलमान र जमानलाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ। सामान्य घाइते आर्यनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>