अर्थ वार्ता
सुनको मूल्य तोलामा १ लाख ५० हजार नजिक, एकैदिन २ हजार रुपैयाँ बढ्यो
०

काठमाडौँ, साउन २-
नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।
जसअनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएर कारोबार भएको थियो ।
यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























