अर्थ

शरद् ऋतुमा ७७ देशका आरोहीलाई हिमाल आरोहण अनुमति, ३३ करोड बढी राजश्व सङ्कलन

०
Banner

काठमाडौँ, मंसिर १० –

शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागले आज दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न ५० हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीलाई अनुमति प्रदान गरिएको हो ।

विभागका सूचना अधिकारी सुरज घिमिरेले शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १९० टोलीका एक हजार ६३३ जनालाई अनुमति प्रदान गरिएको जानकारी दिनुभयो । अनुमति लिएकामा एक हजार २५३ पुरुष र ३८० महिला रहेका छन् ।

अनुमति लिनेमा सबैभन्दा धेरै फ्रान्सका आरोही रहेका छन् । विभागका अनुसार फ्रान्सका १५०, चिनका १४६, अमेरिकाका १३०, रसियाका १२४, बेलायतका ११२, जर्मनीका १०२, नेपालका ९०, स्पेनका ५६, स्वीट्जरल्याण्डका ५२, अष्ट्रेलिया ४६ र चेक रिपब्लिकाका ४२ आरोही रहेका छन् ।

विभागले विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरेवापत सरकारले रु ३३ करोड ४२ लाख ८६ हजार हजार ६१७ राजश्व सङ्कलन गरेको छ । विभागले सन् २०२६ को शरद् ऋतुमा नेपालका ५० हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत २१ लाख ९७ हजार ७१० अमेरिकी डलर अर्थात् रु ३३ करोड ४२ लाख ८६ हजार ६१७ नेपाली सङ्कलन गरेको हो । उक्त राजश्व अगस्ट अन्तिम हप्तादेखि उठ्न थालेको हो ।

आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु ९८,१६३ मिटर० रहेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् । जसमा ३७३ पुरुष र १२७ महिला रहेका छन् । उहाँहरूबाट विभागले रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ ।
विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन् । उहाँहरुबाट विभागले ८४ लाख ७३ हजार ६५० रोयल्टी सङ्कलन गरेको छ ।

यस्तै, मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएका छन् । उनीहरुबाट विभागले छ लाख ८८ हजार ५० राजस्व सङ्कलन गरेको छ ।

यसैगरी, हिम्लुङ हिमालका लागि १३ टोलीका १३० आरोहीले अनुमति लिएका छन् । उहाँहरुबाट विभागले रु ७९ लाख ७४ हजार २० रोयल्टी सङ्कलन गरेको हो । यस्तै, आमादब्लम हिमाल आरोहणका लागि ४० टोलीका ४७६ जनाले आरोहण अनुमति लिएका छन् । उहाँहरुबाट विभागले रु सात करोड १३ लाख ४७ हजार १०० राजस्व सङ्कलन गरेको छ ।

यसैगरी, पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम ९लाङचेनेल०, थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक ९धाम्पुस०, पोखर खाङ, अर्दाङ, जुगल र पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>