राजनीति

रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो भेटवार्ता

०
Banner

काठमाडौं, मंसिर १०-
राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आज भेटवार्ता भएको छ। सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा भएको भेटवार्ता करिब पाँच घण्टा चलेको लामिछानेको स्वकिय सचिव अभिनाश आचार्यले जानकारी दिए ।

उनका अनुसार भेटका क्रममा दुई नेताबीच विभिन्न समसामयिक राजनीतिक तथा सरकारी विषयमा छलफल भएको थियो । प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण तथा भ्रमणका क्रममा भएका उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए ।

त्यस्तै, आगामी निर्वाचनहरू र त्यसको तयारीका विषयमा पनि दुवैबीच कुराकानी भएको उनले जानकारी दिए । पार्टीले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान, मन्त्री तथा मन्त्रालयका कामकारबाही र सरकारका गतिविधिबारे समेत छलफल भएको उनले बताए । यसैगरी, अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा पनि दुई नेताबीच विचारविमर्श भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>