क्रिकेट

टी–२० विश्वकप : भारतसँग आयरल्याण्ड ८ विकेटले पराजित

Banner

काठमाडौं, जेठ २४-

आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ।

बुधबार अमेरिकाको न्यूयोर्कमा भएको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै भारतले विजयी सुरुआत गरेको हो।​

आयरल्याण्डले दिएको ९७ रनको सामान्य लक्ष्य भारतले १२ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। भारतका लागि कप्तान रोहित शर्माले ५२ र ऋषभ पन्तले ३६ रन बनाए।

बलिङतर्फ आयरल्याण्डका मार्क ऐडेयर र बेन व्हाइटले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्डले १६ ओभरमा अलआउट हुँदै ९६ रन मात्र बनाएको थियो। उसका लागि ग्यारेथ डेलानीले २६, जस लिटिलले १४, कर्टिस क्याम्फेरले १२ र लोर्कान टकरले १० रन बनाए।

आयरल्याण्डलाई सस्तैमा समेट्न भारतका हार्दिक पाण्डेयले ३, अर्शदीप सिंह र जसप्रित बुमराहले समान २र२ तथा मोहम्मद सिराज र अक्षर पटेलले समान १९१ विकेट लिए। प्रतियोगिताको समूह ए मा रहेका दुवै टोलीको यो पहिलो खेल हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>