चितवन विशेष

कांग्रेस चितवन क्षेत्र नं.२ को सभापतिमा केशब मर्हजनको उम्मेदवारी, यस्तो छ एजेन्डा

०
Banner

चितवन, असोज १०–

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत क्षेत्रीय अधिवेशनले चुनावी माहोल तातेको छ । चितवनमा आइतबार नयाँ नेतृत्वको लागि क्षेत्रीय अधिवेशन हुँदैछ । त्यसअघि शनिबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । नेपाली कांग्रेस चितवन क्षेत्र नं.२ को सभापतिमा केशब मर्हजनको उम्मेदवारी दर्ता गराएका छन् ।

भरतपुर महानगरपालिका वडा नं.१ का वडा अध्यक्ष समेत रहेका महर्जन आफ्नो एजेन्डा अघि सार्दै उम्मेदवारी दर्ता गराएका हुन् । होनाहार, निडर, आंँटिला र स्पष्ट वक्ताका रुपमा परिचित महर्जन आफ्नो स्पष्ट योजना लिएर अघि बढेका छन् । विपीको बाटो आर्दश, सिद्धान्त र मार्गदर्शनलाई अनुसरण गर्दै चुनावी मैदानमा होमिएको महर्जन बताउंँछन् । झण्डै सांँढे तिन दशकको आफ्नो सक्रिय र सबल राजनीतिकका कारण पनि आफ्नो जित सुनिश्चित रहने महर्जनको दाबी छ ।

को हुन् केशव महर्जन ?

हक्की स्वभाव निडर र मिलनसार स्वभावका केशव महर्जन नेविसंघ, तरुणदल हुंँदै नेपाली कांग्रेसको सक्रिय राजनीति गर्दै आएका व्यक्ति हुन् । नेपाली कांँग्रेसको ११ र १२ औं महाधिवेशनबाट उनी दुईपटक साविक भरतपुर महानगरपालिका वडा नम्बर ३ को दुई कार्यकाल वडा सभापति बन्न सफल भए ।

महर्जन १३औं कांँग्रेस जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा सर्वाधिक मत प्राप्त गरेका थिए । १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका महर्जन त्यसपछि २०७९ सालको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर १ मा अध्यक्षको रुपमा जित हासिल गरे । सामाजिक र आर्थिक राजनैतिक रुपान्तरणलाई मुख्य समृद्धिको आधार मान्ने महर्जन चितवन कांग्रेसको राजनीतिमा परिपक्क नेताको रुपमा परिचित छन् ।

विद्यार्थीकालदेखिनै विभिन्न आन्दोलन, प्रर्दशन, र्‍याली, छलफलमा सहभागी हुंँदै आएका महर्जन कांँग्रेसको लागि अब्बल व्यक्तित्वका रुपमा चिनिन्छन् ।

महर्जनका्े उम्मेदवारी किन ?

नेपाली कांँग्रेसको राजनीतिबाट समाज रुपान्तरण गर्न ।
नेपाली कांँग्रेसको मुल्य मान्यता र सिद्धान्तलाई स्थापित गर्न ।
विपी कोइरालाको सिद्धान्त, आर्दश र मार्गदर्शनलाई स्थापित गर्न ।
नेपाली कांँग्रेसको राजनीतिको माध्यमबाट राष्ट्रमुखी, नागरिकमुखी र उत्तरदायित्वको भुमिका निभाउन ।
युवालाई जोडदै कांँग्रेसलाई बलियो बनाउंन ।
एक व्यक्ति एक पदलाई स्थापित गर्न ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>