नवलपुर

नारायणी नदीमा बाढी आएपछि गैंडाकोट तर्फ तटीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिँदै

०
Banner

नवलपुर (नवलपरासी), असोज १० –

गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीमा बाढी आएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । नदीमा पानीको बहाब बढी हुँदा नदीको बाढी बस्तीमा पस्ने जोखिम बढेपछि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो ।

जिल्लाको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले नदी तटीय क्षेत्रका नगरवासीलाई सुरक्षित स्थानमा सारिएको बताउनुभयो । गैँडाकोट-२, ५, ६, ७ र ९ वडा नदी तटीय क्षेत्रमा पर्ने जनाउँदै उहाँले नदी प्रभावितलाई झटपट झोलासहित सुरक्षित स्थानमा जान आग्रह गरिएको बताउनुभयो ।

गैँडाकोट-२ का वडाध्यक्ष प्रकाश सापकोटाले गैँडाकोट पुलचोकका बासिन्दालाई माथिल्लो स्थानमा सारिएको जनाउँदै नदी किनारमा माइकिङ गरेर सूचना पवाह गर्ने काम भइरहेको बताउनुभयो । नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले नदी किनारमा नजान आग्रह गरिएको बताउँदै घर जोखिममा परेकाहरूलाई सुरक्षित स्थानतर्फ लैजानका लागि वडाले सहजीकरण गरिरहेको जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>