खेलकुद

टी-२० विश्वकप : समूह ‘बी’को पहिलो खेलमा आज ओमान र नामिबिया भिड्दै

०
Banner

काठमाडौं, जेठ २१-

विश्वकपमा समूह बीको पहिलो खेल आज खेलिदैछ । बार्बाडोसको केन्सिङ्टन ओभलमा हुने खेलमा नामिबियाले ओमानको सामना गर्नेछ ।

आजको खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल नेपाली समय अनुसार बिहान ६ः१५ बजे सुरु हुनेछ ।

दुवै टोली तेस्रो टी–२० विश्वकप खेल्दैछन् । नामिबियाले सन् २०२१ र २०२२ मा आयोजना भएका पछिल्लो २ विश्वकप खेलेको थियो । उता ओमानले सन् २०१६ र २०२१ मा विश्वकप खेलेको थियो ।

हेड टु हेड हेर्दा दुई टोलीबिच जम्मा ६ खेल भएका छन् । जसमध्ये ४ खेल नामिबिया र ओमानले २ खेल जितेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>